काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान तथा अवतरण प्रभावित भएको छ ।
मौसममा आएको बदलीका कारण भिजिबिलिटी कम हुँदा आज बिहानैदेखि अन्तर्राष्ट्रिय र आन्तरिकको उडान तथा अवतरण प्रभावित भएको हो।
विमानस्थल कार्यालयका अनुसार सातवटा जहाजलाई होल्ड गरिएको थियो भने एउटा जहाज भारतको लखनउ डाइभर्ट गरियो। भिजिबिलिटी कम भएकाले फ्लाइ दुबईको जहाज लखनउ डाइभर्ट गरिएको हो।
हवाई उडान हुन नसक्दा त्रिभुवन विमानस्थलमा यात्रुहरुको चाप छ ।
बंगालको खाडीमा आएको चक्रवातको अप्रत्यक्ष प्रभाव अहिले नेपालमा परेको छ । साथै पश्चिमी वायुको प्रभाव पनि नेपालमा छ । यसको असरका कारण देशभर बदली हुनुका साथै केही स्थानमा वर्षा र उच्च हिमाली भागमा हिमपात भएको समेत भइरहेको छ।