दमौली। तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकारको परीक्षण थालिएको छ । बन्दीपुर गाउँपालिका–४ मा केबलकार निर्माण गरिरहेको बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले परीक्षण थालेको हो ।
हाल ८ क्याबिन राखेर परीक्षण भइरहेको बताइएको छ। केही दिनमा २० क्याबिन राखेर परीक्षण गरिने भएको हो। आगामी बैशाख १ गतेदेखि केबलकार सञ्चालन गर्ने तयारी गरिएको छ ।