काठमाडौं। निजी क्षेत्रको वायुसेवा कम्पनी सीता एयरले चार वटा एटिआर–७२ थप्ने भएको छ। हाल चारवटा डोर्नियर जहाजमार्फत उडान गर्दै आएको कम्पनीले सन् २०२२ को बीचबाट चार एटीआर–७२ सिरिजका जहाजमार्फत उडान सेवा दिने जनाएको हो।
जहाज थपेसँगै विकट गन्तव्य उडान गर्दै आएको सीता एयरले सुगममा पनि उडान थाल्ने भएको छ। स्थापनाको दुई दशकपछि सीताले आफ्नो व्यवसायिक योजना अनुसार सुगम गन्तव्यमा उडान सुरु गर्न लागेको हो।
एटीआरमा प्रवेश गर्ने तयारी अन्तर्गत कम्पनीले जनशक्ति तालिम र भर्तिको प्रक्रिया सुरु गरिसकेको कम्पनीले जनाएको छ। हाल करिब डेढ सय जना कर्मचारी कार्यरत कम्पनीमा थप पाँच सय जना भर्ना गरिने बताइएको छ।
चारवटा एटिआर७२ जहाज उडानका लागि कम्पनीले नेपालगंज, विराटनगर, पोखरा लगायत विमानस्थलमा बेस राख्ने योजना बनाएको छ।