म्याग्दी। म्याग्दी र कालीगण्डकीको कटान नियन्त्रणका लागि सञ्चालित आयोजनाको रोकिएको काम सुरु गारिएको छ। म्याग्दीको सदरमुुकाम बेनी बजार र आसपासका क्षेत्रमा सञ्चालित नदी नियन्त्रण आयोजनाको काम अघि बढाइएको हो ।
बर्खामा नदीमा बाढीको सतह बढेपछि काम रोकिएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तगतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले बेनी बजार र आसपासका बस्तीमा कटान नियन्त्रणका लागि थप सात ठाउँमा ५० करोड रुपैयाँ लागतमा विकासे योजना सञ्चालन गरिएको छ ।
बेनी बजार, गलेश्वर क्षेत्र, राममन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न सञ्चालित आयोजना निर्माणले तीव्रता पाएको परियोजनाले जनाएको छ। गलेश्वर, राममन्दिर र बगरफाँटको योजना सम्पन्न हुने चरणमा छन्, भने बेनी नगरपालिका–२ भस बसेको नदी र पहिरो नियन्त्रण योजना लक्ष्य अघिनै सम्पन्न भएको छ।