डोटी। पर्यटनको आकर्षक गन्तव्यका रुपमा रहेको डोटीको दक्षिणी भेगमा पर्ने बडीकेदारधाम पछिल्लो समय पर्यटकको पर्खाइमा छ। समुद्री सतहदेखि दुई हजार पाँच सय मिटर उचाइमा पर्ने बडीकेदारधाम दक्षिण डोटीको बडीकेदार र बोगटान फुड्सिल गाउँपालिकाको दोसाँधमा अवस्थित छ ।
प्रचारप्रसारको अभावमा ओझेलमा परेको यो स्थल पदयात्राका लागि उपयुक्त गन्तव्य मानिए पनि पूवार्धार निर्माण नहुँदा यहाँ आन्तरिक पर्यटक मात्रै पुग्ने गरेका छन् । स्थानीयवासीले यस क्षेत्रको विकासका लागि सरोकारवाला निकायसँग माग गरिरहेका छन् । सहजपुुर विपीनगर बोगटान दिपायल सडकबाट गाडीमा करिब दुुई घण्टाको पैदलयात्रामा बडीकेदारधाम पुग्न सकिन्छ।
ग्रामीण कला, संस्कृति र परम्परासँग रमाउँदै बडीकेदार पुग्न सकिने भए पनि अहिलेसम्म यस क्षेत्रको पूर्वाधार निर्माणमा कसैको ध्यानपुग्न सकेको छैन । यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमनको वातावरण बनाउने हो भने यहाँको व्यापार व्यवसायसँगै आयआर्जनमा पनि टेवा पुग्ने स्थानीवासी बताउँछन् ।
बडीकेदारधामअन्तर्गत रहेका मठमन्दिर गुफा, झरनाको पूर्वाधार विकास र प्रचारप्रचार नहुँदा यो क्षेत्र प्रशस्त सम्भावना भएर पनि ओझेलमा परेको बडीकेदार गाउँपालिकाले जनाएको छ।