रुपन्देही। तिलोत्तमा नगरपालिकाले साइकल लेन निर्माण गर्ने भएको छ। साइकल यात्रीको सहजता तथा सुरक्षाको लागि नगरपालिकाले साइकल लेन निर्माण गर्न लागेको हो।
साइकल लेन निर्माणको लागि नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । पालिकाले सर्भिस लेनभित्र ‘साइकल लेन’ निर्माण गर्ने छ।
अहिले सडकमा साइकल लेनको लागि पेन्टिङ गर्न थालिएको छ । सुरुमा योगीकुटीदेखि भलबारीचोकसम्म निर्माण हुने पालिकाले जनाएको छ । एक महिनाभित्र साइकल लेन निर्माण कार्य सम्पन्न हुने पालिकाले जनाएको छ।