रुकुम पश्चिम। रुकुम पश्चिममा १६ हजार ३ सय ४६ अस्थायी आवास निर्माण सम्पन्न भएका छन् । गत कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा १६ हजार ३ सय ४६ अस्थायी आवास निर्माण पूरा भएका हुन्।
२ महिनामा १६ हजार ३ सय ४६ अस्थायी आवास निर्माण सम्पन्न भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाले जानकारी दिए । अझै पनि सबै पीडितका लागि अस्थायी आवास निर्माण गर्न नसकिएको उनले बताए ।
जिल्लाभर ७ हजार ४ सय ९७ अस्थायी आवास निर्माणको चरणमा रहेका छन् । जिल्लामा २९ हजार ४ सय ६ लाभग्राही पहिचान भएका छन् । हालसम्ममा सबैभन्दा बढी अस्थायी आवास आठबीसकोट नगरपालिकामा ५ हजार ४ सय ८३ र सबैभन्दा कम मुसिकोट नगरपालिकामा ७० अस्थायी आवास निर्माण भएका छन् ।
हालसम्म जिल्ला विपद् व्यवस्थापन कोषबाट २९ हजार ४ सय ६ लाभग्राहीका लागि स्थानीय विपद् न्यूनीकरण कोषमा २५ हजारका दरले रकम पठाएको छ ।