फाइल तस्बिर
काठमाडौं। नेपालका १७ वटा वायु गुणस्तर मापन केन्द्र बन्द भएका छन् । नेपालभर भएका २७ वटा वायु गुणस्तर मापन केन्द्रमध्ये १७ वटा बन्द भएका हुन्।
वातावरण विभागले १७ वटा केन्द्र बन्द भएको र बाँकी १० वटा मात्र सञ्चालनमा रहेको जानकारी दिएको हो।
वायु गुणस्तर मापन केन्द्र काठमाडौँ उपत्यकामा ७ वटा छन् । काठमाडौँ उपत्यका बाहिर झापा, विराटनगर, जनकपुर, हेटौँडा, लुम्बिनी, धनगढी, महेन्द्रनगर, पोखरा, धनकुटा लगायत स्थानमा छन्।
मर्मत गरिरहेका हुनले सो १७ वटा हावा गुणस्तर मापन गर्ने यन्त्र सञ्चालनमा आउन नसकेको विभागको भनाइ छ।
देशभरमा रहेका मापन केन्द्रले सो स्थानको लाइभ वायु गुणस्तरको अपडेट दिन्छन् ।