काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ नयाँ आगमन टर्मिनल भवन सञ्चालनमा आएको छ । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवाबाट काठमाडौँ अवतरण गरेका बुद्ध एयरका यात्रुलाई स्वागत गर्दै नयाँ टर्मिनल भवन उद्घाटन गरेका हुन् ।
आन्तरिकतर्फ टर्मिनलमा आगमन र प्रस्थान कक्ष एकै ठाउँमा हुँदा यात्रुको भीडभाड हुने समस्या थियो । अब छुट्टाछुट्टै भवनबाट सहज रूपमा सेवा शुरु भएको छ ।
विमानस्थलमा ६ करोड रूपैयाँभन्दा बढी लागतमा नयाँ टर्मिनल बनाइएको विमानस्थल कार्यालयले जनाएको छ।
नयाँ टर्मिनल भवनमा दुइटा ‘ब्यागेज बेल्ट’ छन्। अब प्रतिघण्टा ४ सय यात्रुलाई सेवा दिन सक्ने विमानस्थल कार्यालयले जनाएको छ।