काठ्माण्डौँमा रहेको ऐतिहासिक धरहरा २०७२ साल वैशाख १२ गतेको भुकम्पले पुर्णरुपमा क्षतिग्रस्त बनाएको थियो । गएको बैशाख ११ गते तत्कालीन प्रधानमन्त्री के.पी शर्मा वलि ले उद्दघाटन गरेता पनि पुर्ण रुपमा निर्माणकार्य सम्पन्न भएको छैन ।
२२ तले धरहराको लागत ३ अर्ब ४८ करोड रहेको छ । अहिले स्तम्भ मात्र भएपनि पार्किङ स्थल , उधान , म्युजीयम जस्ता संरचनाहरु नीर्माणाधिन अवस्थामा छन् । ईतिहास र सम्पदासँग जोडिएको धरहराको २० औं तलामा उपत्यकाको दृश्यवलोकन गर्न सिसाको भ्यु पोइन्ट राखिएको छ ।
अहीले बनेको धरहराको चौडाई पहिलाको तुलनामा ठुलो रहेको छ । धरहराको स्तम्भ ठडिएपछि सर्वसाधारण पनि खुसि भएका छन् ।
वि.सं. १८८२ मा भीमसेन थापाको पालामा निर्माण भएको धरहरा १९९० सालको भुकम्पले पनि असर पारेको थियो । धरहरा काठमाण्डौँ उपत्यकाको गरिमा नै हो यसलाई भुकम्पले लडाएपछि सुन्धारा क्षेत्रले गुमाएको शुन्दरता फेरी पाएको छ ।
बैशाख ११ गते उद्घाटन गरिए पनि सर्वसाधारणको लागी केही समय पछि मात्र खुला गरिनेछ । नयाँ धरहरामा २० औँ तलासम्म जान मिल्ने गरि जमिनमुनिबाट जान मिल्ने लिफ्ट व्यबस्था गरिएको निर्माण कम्पनीका म्यानेजर श्यामचन्द्र श्रष्ठले बताए । एउटा पुरानो भर्याङ पनि रहनेछ जुन हिडेर जान चाहनेहरुले प्रयोग गर्नेछन् ।