स्याङ्जा। जिल्लाको हरिनास गाउँपालिका–४ चुलीडाँडामा हेलिप्याड निर्माण गरिएको छ। गाउँपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाद्धारा हेलिप्याड निर्माण गरिएको हो।
निर्माण गरिएको हेलिप्याड समरजीत गुल्मले गाउँपालिकालाई हस्तान्तरण गरेको छ। श्री नम्बर ३ बाहिनी अड्डा खैरेनीटार ब्यारेक तनहुँका वाहिनीपति सहायकरथी गौरवकुमार केसीले हेलिप्याडको उद्घाटन गरी गाउँपालिकाका प्रमुख खिमनारायण मानन्धरलाई हस्तान्तरण गरे।