कञ्चनपुर। कञ्चनपुरको दोदा नदीमा बाढी पूर्वसूचना यन्त्र जडान गरिएको छ। १० लाख बढीको लागतमा दोदा नदीमा बाढी पूर्वसूचना यन्त्र ‘राडार लेभल सेन्सर’ जडान गरिएको हो।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरीया कैलालीको प्राविधिक सहयोगमा यन्त्र जडान गरिएको हो ।
जडान गरिएको यन्त्रले स्वचालितरुपमा नदीको पानीको सतह बढे घटेको जानकारी दिने फिल्ड कार्यालयले जनाएको छ।
यन्त्रले १०–१० सेकेण्डमा नदीमा पानीको सतह घटे बढेको जानकारी दिने छ । यन्त्रले दिने सूचना तथा मौसम विभागको वेबसाइटमार्फत अपडेट भइरहन्छ । सबैले सजिलै वेबसाइट हेरेर पनि बाढीबारे जानकारी पाउने बताइएको छ ।