फाइल तस्बिर
काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गणेशमान सिंह मार्ग (थानकोट–चन्द्रागिरि– चित्लाङ) सडक अवलोकन गरेका छन्। बुधबार चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीसहित मन्त्री ज्वाला सडक अवलोकन गर्न पुगेका हुन् ।
बजेट अभावका कारण धराप थापेको भन्दै सरकारको आलोचना भएपछि चालु आर्थिक वर्षमै काम हुने गरी ५ करोड ९९ लाख रुपैयाँ १२ माघमा अर्थ मन्त्रालयले दिने तय भएपछि मन्त्री ज्वाला अनुगमनमा पुगेका हुन् ।
अर्थ मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयलाई पत्राचार गरी आगामी आर्थिक वर्षका लागि सिर्जना हुने दायित्व बराबर रकमको स्रोत सुनिश्चित गर्दै बजेट खर्च गर्न सहमति प्रदान गरिसकेको छ ।
उक्त सडक हेर्ने डिभिजन सडक कार्यालय काठमाडौंले चालु आर्थिक वर्षका लागि २२ करोड रुपैयाँ माग गरे पनि २ करोड रुपैयाँमात्र पाएको थियो ।
अनुगमन र निरीक्षणपछि मन्त्री ज्वालाले बजेटको सुनिश्चितता भइसकेपछि स्तरोन्नतिले तीव्रता पाउनुपर्ने बताए ।