काठमाडौं । यती एयरलाइन्सले दुईवटा एटीआर ७२–५०० विमान थप गरेको छ । यतीले ७२ सिट क्षमताको दुईवटै विमान बंगलादेशबाट खरिद गरेको हो ।
विमान बिहीबार अपराह्न ५:२० र ५:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । याे सँगै यतीसँग एटीआर ७२–५०० वायुयानको संख्या सात पुगेको छ ।
थप गरिएको वायुयानले नेपाली रजिस्ट्रेसन ९एन–एओएफ र ९एन–एओएच पाएको कम्पनीले जनाएको छ ।
खरिद गरिएका विमानहरू यतीका क्याप्टेनहरूले नै बंगलादेशको ढाकाबाट उडान गरी नेपालमा ल्याएको कम्पनीले जनाएकाे छ। कम्पनीले थप गरेको जहाजले हाल उडान गर्ने गन्तव्यमा नै सेवा विस्तार गर्ने नीति लिएको र आवश्यक कागजी प्रक्रिया पूरा गरी एक सातापछि उडान सेवा दिने छन् ।