उदयपुर। रौतामाई गाउँपालिकामा हेलिप्याड निर्माण गरिएको छ। संघीय सरकारको ‘एक पालिका एक हेलिप्याड’ कार्यक्रम अनुरुप गाउँपालिकाले हेलिप्याड निर्माण गरेको हो ।
भौगोलिक बनावटका कारण पालिकामा आकस्मिक रुपमा आउने विपद्को व्यवस्थापनको लागि सहयोग पुर्याउनका लागि हेलिप्याड निर्माण गरेको पालिकाले जनाएको छ। भौगोलिक बनावटको आधारमा गाउँपालिकाले वडा नम्बरमा हेलिप्याड निर्माण गरेको गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगरले बताए।
गाउँपालिकाको आर्थिक लगानीमा सेनाको पशुपतिप्रसाद गणको प्राविधिक सहयोगमा हेलिप्याड निर्माण भएको हो । हेलिप्याड निर्माणको लागि गाउँपालिकाले साढे तीन लाख रुपैयाँ बजेट रुपैयाँ बजेट विनियोजन गरेको छ ।