बागलुङ । नगरपालिका-२ को नरेठाँटीबाट वडा नं ६ को मजुवा जोड्ने सडक स्तराेन्नति गर्न सुरू गरिएकाे छ। पन्ध्र वर्ष अगाडि गलकोटका स्थानीयले रकम सङ्कलन गरेर निर्माण गरेको ग्रामीण सडक स्तरोन्नति हुन थालेको हाे।
विसं २०६५ मा ट्रयाक खुलेको सडककाे गत मङ्सिर महिनादेखि स्तारोन्नति गर्न थालिएको हो ।
मध्यपहाडी लोकमार्गको रङ्गेनीबाट तोरीखोला-ठान गाउँ हुँदै मजुवा जोड्ने यो सडक लामो समयसम्म स्तारोन्नति हुनसकेको थिएन । गण्डकी प्रदेश सरकारले पछिल्लो तीन वर्षदेखि निरन्तर बजेट विनियोजन गरेपछि स्तारोन्नति तीव्रगतिमा हुन थालेको हो ।
तत्कालीन जिल्ला विकास समितिले विनियोजन गरेको रु १० लाख र स्थानीयले उठाएर रु ३५ लाख गरी रु ४५ लाखमा सडक खुलाइएको गलकोट नगरपालिकाले जनाएकाे छ।
लामो समयसम्म सडक स्तरोन्नति नहुँदा नागरिकले हिउँद-बर्खा यात्रा गर्दा निकै समस्या भोग्नुपरेको भन्दै आर्थिक वर्ष २०७८/७९ देखि गण्डकी प्रदेशले बजेट विनियोजन गर्दै आएपछि सडक निर्माण थालिएकाे छ।