काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय क्षेत्रिय विमानस्थलको अवलोकन गरेका छन्। आइतबार मन्त्री आले विमानस्थलको अवलोकन गर्न पोखरा पुगेका हुन्।
अवलोकनका क्रममा उनले विमानस्थल छिटो सञ्चालन हुने गरी आवश्यक तयारी गर्न निर्देशन दिएका छन् । मन्त्री आलेले समस्या समाधानका लागि सरोकारवालासँग छलफल गरी जति सक्दो छिटो हल गर्न निर्देशन दिएका हुन् ।
राष्ट्रिय गौरवको योजनाको निर्माण कार्य सकिन लाग्दा हाल देखिएको केही समस्यालाई हल गर्न राजनीति पार्टी कर्मचारी र स्थानीयको समेत महत्वपूर्ण भूमिका हुनुपर्ने उनको भनाइ छ । पोखरा क्षेत्रिय अन्तर्राट्रिय विमानस्थल निर्माण आयोजना प्रमुख विनेस मुनानकर्मीले विमानस्थलमा हाल ड्रेनको समस्या, रिठ्ठेपानी डाँडा कटान, पोखरा विमानस्थलबाट १३ किलोमिटर टाडाको दुरीमा ल्याण्डफिल्ड साइड स्थापना गर्नुपर्ने मुख्य चुनौती भएको मन्त्री समक्ष गुनासो गरेका थिए ।
वर्षाको समयमा विमानस्थलमा भल आउने गर्दा हाल ड्रेनबाट उचित व्यवस्थापन गर्नुपर्ने प्रमुख मुनानकर्मीले बताए । करिब २२ अर्बको परियोजना पोखरा विमानस्थल निर्माणको हालसम्म करिब ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ।