स्याङ्जा। स्याङ्जा जिल्लाको हरिनास गाउँपालिका–४ चुलीडाँडामा हेलिप्याड निर्माण गरिएको छ। गाउँपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले हेलिप्याड निर्माण गरेका हुन्।
निर्माण गरिएको हेलिप्याड समरजीत गुल्मले गाउँपालिकालाई हस्तान्तरण गरेको छ।
श्री नम्बर ३ बाहिनी अड्डा खैरेनीटार ब्यारेक तनहुँका वाहिनीपति सहायकरथी गौरवकुमार केसीले हेलिप्याडको उद्घाटन गरी गाउँपालिकाका प्रमुख खिमनारायण मानन्धरलाई हस्तान्तरण गरेका छन्।
जिल्लाको ११ पालिकामध्ये हालसम्म दुई गाउँपालिकामा हेलिप्याड निर्माण भएको छ।