स्याङ्जा। जिल्लाको अर्जुनचौपारी गाउँपालिकाले वोटानिकल पार्क निर्माणसहित माछापालन परियोजना सञ्चालन गर्ने भएको छ । परियोजनाका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग बुधबार सम्झौता भएको हो।
यसका लागि गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्द्धन कार्यक्रममा छनौट भइ परियोजनाको लागि गाउँपालिकाले अनुदान पाएको छ । सम्झौता अनुसार परियोजनाको लागि ७५ लाख रुपैयाँ प्रदेश सरकारको अनुदान रहने छ । सो रकमको ३० प्रतिशत रकम भने गाउँपालिकाको लगानी रहने गरि सम्झौता भएको छ।
वडा नं १ अर्जुनचौपारी बजार नजिकै वोटानिकल पार्कसहित माछा पालन गर्न लागेको पालिकाले जनाएको छ ।