काठमाडौं। उडान सुरक्षा विस्तारका लागि नेपालगञ्ज–सिमीकोट रुटमा वेदर क्यामरा जडान गर्न शुरु गरिएको छ।
नागरिक उड्डयन प्राधिकरण, वायुसेवा कम्पनी र मौसम पूर्वानुमान विभागको सहकार्यमा वेदर क्यामरा जडान कार्य शुरु भएको हो।
वेदर क्यामरा संचालनमा ल्याउनका लागि नेपाल टेलिकमको नेटवर्क प्रयोग गरिने वायुसेवा संचालक संघले जनाएको छ।
नेपालगञ्ज–सिमीकोट रुटमा वेदर क्यामरा जडानका लागि मात्र करिब तीन लाख रुपैयाँको लागत अनुमान रहेको छ। नेपाल टेलिकमको टावर प्रयोग गरेवापतको शुल्क भने अतिरिक्त लाग्ने बताइएको छ।
यस वेदर क्यामराले हुम्ला, बाजुरा लगायतका गन्तब्यमा उडानका लागि मौसम पूर्वानुमानमा सहज हुने बताइएको छ।
नेपालका विभिन्न विकट गन्तव्यहरुमा वेदर क्यामरा जडान गरिने भएको छ।