कोलम्बो। माल्दिभ्समा आइतबार एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटक भित्रिएका छन् । एकै दिनमा १० हजार २१३ आगन्तुकहरूलाई स्वागत गरिएको हो।
स्थानीय सञ्चारमाध्यमका अनुसार यसअघिको सबैभन्दा बढी दैनिक पर्यटक आगमनको सङ्ख्या सन् २०१९ मा सङ्ख्या ९ हजार रहेको थियो । माल्दिभ्सको पर्यटन मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार माल्दिभ्समा सबैभन्दा बढी पर्यटकको आगमन चीन, इटाली र रुसबाट भएको देखिएको छ ।