सुलीकोट। गोरखा बारपाक सुलीकोट गाउँपालिका–१ र २ वडा जोड्ने सडक कालोपत्रे कार्य अन्तिम चरणमा पुगेको छ । साढे १६ किलोमिटरमा १२ किलोमिटर कालोपत्रे र साढे दुई सय मिटर ढलान गर्ने काम सकिएको हो।
२०७२ सालमा ठेक्का सम्झौता भई काम अघि बढाए पनि ठेकेदारको ढिलासुस्तीका कारण सडक कालोपत्रे कामले गति लिन नसकेको बताइएको छ।
निर्माण कम्पनीलाई ताकिता गरेपछि भने गत वर्षको फागुनबाट कामले गति लिन थालेको हो। घुमाउरो बाटोमा छ मिटरभन्दामाथि ढलान गरिएको छ भने साढे दुई सय मिटर ढलान पनि सम्पन्न भएको भालुस्वाँरा सडक कार्यालय गोरखाले जनाएको छ ।
उक्त सडक तीन करोड ५४ लाख ६० हजार बजेटमा रसुवा इलाइट सूर्य जेबीसँग ठेक्का सम्झौता भएको थियो ।