काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका–५ मा घट्टेखोला–मुलाबारी सिँचाइ आयोजना सम्पन्न भएको छ । घट्टेखोला–मुलाबारी सिँचाइ आयोजनाअन्तर्गत भुम्लुमा पक्की सिँचाइ कुलो निर्माण गरिएको हो।
बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमार्फत विनियोजित ९० लाख रकमको घट्टेखोला–मुलाबारी सिँचाइ आयोजना हालै सम्पन्न भएको हो ।
विसं २०४१ मा घट्टेखोलाबाट मुलाबारीसम्म सिँचाइ कुलो बनाउँदा तत्कालीन प्रधानपञ्चसमेत रहेका कृष्णवीर लामा हालको कुलो निर्माणका उपभोक्ता समितिका अध्यक्ष हुन्। त्यसबेला बनाएको कच्ची कुलो विस्तारै पुरिँदै, चुहिँदै, परसम्म पानी पुग्नै छोडेपछि अहिले प्रदेश सरकारको सहयोगमा पक्की कुलो बनाएको उनको भनाइ छ।
यस अयोजनाबाट करिब एक सय ५० परिवार यसबाट लाभान्वित हुनेछन् । गाउँपालिका उपाध्यक्ष जीतेन्द्रमान तामाङका अनुसार भुम्लुमा १४ करोड ५० लाख बराबरको खानेपानी तथा सिँचाइका आयोजना कार्यान्वयनमा रहेको जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्षका योजनामा छुटेका केही योजनाबारे आगामी आर्थिक वर्षमा समावेश गरिदिन प्रदेश सरकारसँग आग्रह गरिएको छ । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामा हाल काभ्रेपलाञ्चोकमा सञ्चालनमा रहेका खानेपानी तथा सिँचाइका योजनामा निरीक्षण गरिरहेका छन् । उ