लमजुङ। जिल्लाको दोर्दी गाउँपालिका–८ को वडा कार्यालय भवन निर्माण गर्नका लागि शिलान्यास गरिएको छ। गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बिहीबार भवन निर्माणका लागि औपचारिक रुपमा शिलान्यास गरेका हुन्।
वडा कार्यालय भवन उपभोक्ता समिति मार्फत निर्माण हुन लागेको वडाध्यक्ष नारान घलेले बताए। यसका लागि उपभोक्ता समिति अध्यक्ष लाल बहादुर गुरुङको अध्यक्षतामा २०८१ असार मसान्तसम्म निर्माण सक्ने गरि यहि माघ २७ गते सम्झौता भएको हो ।
६४ लाख ३१ हजार ९ रुपैयाँ ०५ पैसाको इस्टिमेट गरेर सम्झौता भई निर्माण कार्य सुरु भएको छ । वडा कार्यालयको १५ लाख र दोर्दी गाउँपालिकाको ४९ लाख ३१ हजार ९ रुपैयाँ ०५ पैसा लगानी रहने छ ।