खोटाङ। खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीमा निर्माणाधीन खानेपानी योजनाको रिजर्भ ट्यांकीमा आगजनी भएको छ । स्थानीय झाप्री तीन टाट्ने खानेपानी योजनाको निर्माणाधीन ट्यांकी जलाइएको हो ।
गत माघ २९ गते राति अज्ञात व्यक्तिद्वारा निर्माणाधीन ट्यांकीमा आगजनी गरेको गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले जानकारी दिए। दश हजार घनमिटरको ट्यांकी निर्माणका लागि ठड्याएर भित्रपट्टि बनाइएको पाइपको फर्मा समेत नष्ट भएको छ ।
आगजनी गर्नेको पहिचान नभएको र संलग्नको खोजी भइरहेको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका वडाअध्यक्ष भक्त तामाङले बताए । आर्थिक वर्ष २०८०र८१ मा वडाको नौ लाख ९५ हजार रूपैयाँको लागतमा उक्त योजना सञ्चालन भएको हो । यो योजना अन्तर्गत पाइपलाइन, दुई वटा रिजर्भ ट्यांकी, दुई वटा इन्टेक मध्ये १२ हजार घनमिटरको रिजर्भ ट्यांकी र एउटा इन्टेक निर्माण भइसकेको छ ।