नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिकाभित्र शौचालय व्यवस्थित गर्न जनप्रतिनिधि र कर्मचारीबिच छलफल भएको छ। एसएनभी नेपालको आयोजनामा उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूबिच सार्वजनिक शौचालयलाई व्यवस्थित तरिकाले सञ्चालन गर्ने सम्बन्धमा छलफल भएको हो।
छलफलमा सार्वजनिक शौचालयको प्रयोगलाई व्यवस्थित बनाउँदै सरसफाइ, मर्मत–सम्भारलगायतका विषयमा विशेष ध्यान दिन आवश्यक रहेको कुरामा जोड दिइएको छ।
आकर्षक सार्वजनिक शौचालय निर्माण गरिने तर, आवश्यक व्यवस्थापन र रेखदेखको अभावमा जीर्ण बन्दै जाने समस्याको समाधानका लागि छलफल भएको हो। सो छलफलमा सार्वजनिक शौचालयको सही व्यवस्थापनका लागि कार्य योजना बनाएर अगाडी बढ्ने निष्कर्ष निकालिएको छ ।