गुल्मी। छत्रकोट गाउँपालिकाको धरमपोखरा–रुक्से–उल्लीखोला सडकको स्तरोन्नति गरिने भएको छ। पालिकाले सडक स्तरोन्नतिका लागि शुक्रबार विद्युतीय माध्यमबाट बोलपत्र आह्वान गरेको हो ।
सडक स्तरोन्नतीका लागि पालिकाले भ्याटसहित २९ लाख ३३ हजार ७४४ रुपैयाँ ९९ पैसा लागत स्टिमेट गरेको छ ।
योग्य निर्माण कम्पनीलाई बोलपत्रका लागि ७९ हजार ५०० रुपैयाँ डिपोजिट तथा ३ हजार रुपैयाँ दर्ता शुल्क तिरी बोलपत्र पेश गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।