बाँके। नेपालगञ्जको पासाङल्हामु मार्ग निर्माण सुरु भएको छ । सडक विस्तारका क्रममा विवाद भएपछि अलपत्र परेको उक्त सडक मार्गमा अस्फाल्ट प्रविधिद्वारा कालोपत्र गरिने भएको हो।
नेपालगञ्जको सुर्खेतरोडबाट टाँगा स्टेशन जोड्ने ५५० मिटर लामो र ८ मिटर चौडा पासाङल्हामु मार्ग नगरस्तरीय ७५ लाख रुपैयाँ बजेट कालोपत्र हुने भएको हो । पासाङल्हामु मार्ग आगामी असार १५ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिएको बताइएको छ।
विगतमा सडक विस्तारका क्रममा अतिक्रमित संरचना स्थानीयले नभत्काएका कारण सडक निर्माण अलपत्र परेको थियो । अहिले स्थानीयले सडक विस्तारका लागि संरचना आफैँ भत्काएपछि सडक निर्माण सुरु भएको हो।