रामेछाप। मन्थली–चिसापानी सडक निर्माण सुरु भएको छ। सदरमुकाम मन्थलीदेखि चिसापानीसम्मको सडक कालोपत्रेको काम सुरु भएको हो।
उक्त सडक निर्माणको काम सुरु गर्ने पटक पटक लिखित सहमति भएको भए पनि काम अघि बढेको थिएन । सङ्घर्ष समितिले काठमाडौँ स्थित तामाङकै घरमा गएर पनि ज्ञापनपत्र बुझाएको थियो ।
स्थानीयले सङ्घर्ष समिति बनाएर पत्रकार सम्मेलन गरी निर्माण व्यवसायीको विरुद्ध सडकमा आन्दोलन गर्ने चेतावनी दिएपछि सडकमा बेस राख्ने काम सुरु भएको छ। चैत महिना भरीमा सडकको काम सक्ने निर्माण कम्पनीले जनाएको छ।