म्याग्दी। म्याग्दी–बागलुङ–पुर्वी रुकुम जोड्ने सडकलाई राष्ट्रिय राजमार्ग बनाइने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले यो सडकलाई राष्ट्रिय राजमार्ग बनाउने प्रतिबद्धता जनाएका हुन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा म्याग्दीबाट निर्वाचित सांसद खमबहादुर गर्बुजाले गरेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्य पहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडकलाई राष्ट्रिय राजमार्ग बनाउने प्रक्रिया अघि बढेको बताए ।
“बेनी–दरवाङ–ढोरपाटन सडकलाई राष्ट्रिय राजमार्ग बनाउने प्रक्रिया अघि बढेको छ,” उनले भने, “साथै म्याग्दीलगायत हिमाल जिल्लाले राज्यबाट विशेष सहुलियत पाउनुपर्छ भन्नेमा सरकार सकारात्मक रहेको जानकारी गराउँदछु ।”