बझाङ। बझाङस्थित २१० मेगावाटको चैनपुर सेती अर्धजलाशय जलविद्युत आयोजनाको काम रोकिएको छ।
भौगर्भिक सर्भे (जिओटेक्निकल इन्भेष्टिगेसन) को काम गर्ने ड्रिलरहरू काम छोडेर हिँडेपछि आयोजनाको ड्रिलिङको काम रोकिएको हो।
नेपाल विद्युत प्राधिकरणबाट ड्रिलिङको जिम्मा पाएको माटो ढुंङ्गा तथा कंक्रिट प्रयोगशालाले आयोजनाको ड्रिलिङ कार्यमा खटिएका ड्रिलरको पारिश्रमिक नियमितरूपमा भुक्तानी नगर्दा उनीहरू काम छोडेर हिँडेका हुन्।
आयोजना स्थलबाट काम छोडेर गत असोजमा हिँडेका कामदार अहिलेसम्म फर्किएका छैनन्। उनीहरु गएपछि असोज २२ गतेदेखि आयोजनाको काम बन्द छ । माटो ढुंङ्गा तथा कंक्रिट प्रयोगशालाले ड्रिलिङ कार्यमा खटिएका २ जना कामदारको पारिश्रमिक भुक्तान नगरेकाले त्यसको प्रभाव आयोजनाको काममा परेको हो ।
उनीहरु दुवै जना अहिले माटो ढुंङ्गा तथा कंक्रिट प्रयोगशालाको सम्पर्कमा नरहेको बताइएको छ।