खोटाङ। बराहपोखरी गाउँपालिकाबाट पूर्वी तराईका शहर जोड्ने धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ। संघीय, प्रदेश र स्थानीय सरकारको बजेटबाट निर्माणाधीन सडक अन्तिम चरणमा पुगेको हो ।
दुई सडक खण्डमा विभाजन गरेर सडक निर्माण गरिएको हो । धाप्लाङघाट–खाकरगैरा–शङ्खेपाखासम्मको करिब ५०० मिटरको सडक निर्माणको ठेक्का डिजिएस–देउपुर–जेविटीएम जेभीले लिएको हो ।
संघीय र स्थानीय सरकारको एक करोड ७२ लाख ४१ हजार दुई सय ४४ रूपैयााको लागतमा २०८१ वैशाख मसान्तसम्ममा सक्ने गरी उक्त निर्माण कम्पनीले २०८० पुस ८ गते संझौता गरेको थियो । उक्त सडक खण्डको काम अन्तिम चरणमा पुगेको गाउापालिका अध्यक्ष सालिकराम बन्जराले बताए ।
‘धाप्लाङघाटदेखि खाकरगैरासम्मको सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘अब १५–२० दिनभित्र काम सकिन्छ ।’
त्यस्तै प्रदेश र स्थानीय सरकारको ७७ लाख ११ हजार नौ सय ४० रूपैयााको लागतमा भान्टार–स्वाारागाउा सडक खण्डको हजार मिटर सडकको काम पनि अन्तिम चरणमा पुगेको छ । उक्त सडकको काम शान्ति भूमि कन्स्ट्रक्सन प्रा।लि।ले लिएको हो । २०८१ बैशाख मसान्तसम्ममा सक्नेगरी गत मङ्सिर–२२ गते सम्झौता गरेको बन्जराले बताए ।
यसको काम पनि १५–२० दिनभित्रै सकिने बन्जराको भनाई छ । ‘यो सडक खण्डको काम पनि १५–२० दिनभित्रै सकिन्छ ।’ उनले भने–‘त्यसपछि प्राविधिकको सिफारिसको आधारमा भुक्तानी गरिने छ ।’
धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नतिको काम गरिए पनि सुनकोशीस्थित धाप्लाङघाटमा पक्की पुल निर्माण सम्पन्न नहुादा तराईसँगको सीधा यातायात सञ्चालनमा अवरोध छ । कान्तिपुरबाट