मटिहानी। धार्मिक एवं साँस्कृतिक नगरी मटिहानी नगरपालिकाले धार्मिक स्थल निर्माणमा तीव्रता दिएको छ। मटिहानीमा साढे पाँच सय वर्ष पुरानो लक्ष्मीनारायण मठ लगाएत थुप्रै मठ मन्दिर, धर्मशाला रहेका छन्। त्यसको संरक्षण सम्वर्द्धनमा नगरपालिका अगाडी बढेको छ। यस स्थानमा जाने बाटो र पूल निर्माण सुरु गरिएको छ।
मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले सोमबार पासमान जातिको कूलदेवता सलहेश मन्दिरको शिलान्यास गरेका छन्। उक्त मन्दिरको लागत ८ लाख रहेको छ।
मटिहानी-९ स्थित सिमरदहीमा सिमरदही र प्रकौली जोड़ने सडकको सिमरदही मुस्लिम टोलमा कलभर्ट (पुल) निर्माण सुरु गरिएको छ। पुल निर्माणका लागि नगरपालिकाले करिब २८ लाख ५४ हजार रुपैयाँ खर्च गरेको छ।
स्थानीय सरकार आएपछि मटिहानीका मठमन्दिर, शैक्षिक तथा धार्मिक स्थलको संरक्षण, सम्वर्द्धनका लागि परेको छ। हालै मटिहानी नगरपालिकाले नगरभित्र रहेका प्रतापी थान मन्दिर, राघोबाबा मन्दिर, पासवान जातिका कूलदेवता राजा सलहेशको मन्दिरको जीर्णोद्धार तथा नयाँ गरिएको मेयर मण्डल बताउँछन्।
मटिहानीबजारमा अतिथिगृह निर्माण गरिएको छ। लक्ष्मीनारायण मठअगाडि भव्य दुर्गा मन्दिर र विद्यालय परिसरमा नेपाली सेनाले अन्नपूर्ण भोजनालय समेत निर्माण गरेको छ।