फाइल तस्बिर
इलाम। इलाम जिल्लाको रोङ गाउँपालिकामा चालु आर्थिक वर्षमा दुई किलोमिटरभन्दा बढी पक्की नाली निर्माण गरिने भएको छ । गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत दुई हजार २२० मिटर पक्की नाली निर्माण गर्न लागेको हो ।
गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोका अनुसार गाउँपालिकाको वडा नम्बर १ मा २६१ मिटर, २ मा ६९३ मिटर, ३ मा १३५ मिटर, ४ मा १५१ मिटर, ५ मा ५०५ मिटर र ६ मा ४७५ मिटर गरी सो पक्की नाली निर्माण गर्न लागेको हो । सोका लागि कार्यक्रममा सहभागी हुने दक्ष जनशक्तिलाई बुधबार अभिमुखीकरण गरेको पालिकाले जनाएको छ।
दिगो विकासको लागि सुब्यवस्थित ढंगले निर्माण कार्य अघि बढाउनका लागि अभिमुखीकरण गरिएको हो। गाउँपालिकाले गत वर्ष पनि सो प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत वडा नम्बर ५ मा १७५ मिटर र रोङ वडा न २ मा ३९१ मिटर गरी ५६४ पक्की नाली निर्माण गरेको थियो ।