मुस्ताङ। मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित लोमान्थाङ खोलामा पक्की पुल निर्माण गरिएको छ। कालीगण्डकी ‘करिडोर’ बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ खोलामा पुल निर्माण गरिएको हो।
४ करोड ६८ लाख दुई हजार लागतमा पुल निर्माण भएको आयोजनाले जनाएको छ। पुल निर्माण पूरा गरी हस्तान्तरण समेत गरिएको छ।
लोमान्थाङ गाउँपालिकाको लोमान्थाङसहित किम्लिङ, नाम्डोक र भर्माखोलाको पुल निर्माणका लागि मुक्तिनाथ–अमित जेभीले विसं २०७६ असार ३१ गते ठेक्का सम्झौता गरेको थियो । बेनी–जोमसोम–कोरला सडक योजनामार्फत १३ वटा पक्की पुल र तीनवटा बेलीब्रिज निर्माण भएका छन् ।