कञ्चनपुर। कृष्णपुर नगरपालिकाले ९ वटै वडाका सडक स्तरोन्नतिको काम थालेको छ । नगरपालिकाको कार्यपालिका बैठकको निर्णयअनुसार प्रत्येक वडामा ५–५ किलोमिटर गरी ४५ किलोमिटर सडक स्तरोन्नति गर्ने निर्णयअनुसार कार्य अगाडि बढाएको हो ।
नगरपालिकाकै साधनस्रोतको प्रयोग गरी ‘ग्राभेल’ गर्ने र कालोपत्र गर्ने काम अगाडि बढाइएको नगरपालिकाले जनाएको छ। थोरै खर्चमा सडक स्तरोन्नतिको काम गरिरहेको बताइएको छ। वडाको छनौटमा परेका सडकलाई प्राथमिकतामा राखेर स्तरोन्नतिको कार्य अगाडि बढाइएको छ ।
यसरी सडक स्तरोन्नति गर्दा नदीजन्य पदार्थको सलामी दस्तुर तिर्ने, चालकलाई खाना, खाजा भत्ताबापतको रकम उपलब्ध गराउने र ढुवानीका साधनमा इन्धनको व्यवस्था गरिने बताइएको छ।