सुनसरी। बराहक्षेत्र नगरपालिकाले सडकका अव्यवस्थित सामग्री हटाउन निर्देशन दिएको छ । नगरपालिकाले बिहीबार एक सूचना जारी गरी सडक क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका संरचना तथा सामग्री हटाउन निर्देशन दिएको हो ।
सूचनामा सडकको अधिकार क्षेत्र अतिक्रमण गरी दायाँ र बायाँ अव्यवस्थित रुपमा निर्माण लगायत अन्य सामग्री, जथाभावी बाध्ने गरेका पशु चौपाया हटाउन निर्देशन दिएको हो । सडकमा जथाभावी सामग्री राखिएकोले दुर्घटना समेत बढेका सो सूचनामा उल्लखे गरिएको छ ।
साथै यही चैत २७ गतेदेखि बैशाख २८ गतेसम्म लाग्ने महाकुम्भ मेलामा आवातजावत गर्ने दर्शालुलाई मध्यनजर गरी सामग्री हटाउन निर्देशन दिएको नगरपालिकाले जनाएको छ ।