ओखलढुंगा। जिल्लाको लिखु गाउपालिकाले विद्युत जडानसम्बन्धी तालिम दिने भएको छ । गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै तालिम दिने जानकारी गराएको हो।
गाउँपालिकाले सीप विकास तालिम केन्द्रसँग सहकार्य गरी तीन महिने तालिम सञ्चालन गर्न लागेको हो । गाउँपालिकाले पालिकाभित्रका १५ जना स्थानीय बासिन्दालाई तालिम दिने सूचनामा उल्लेख गरिएको छ ।
तालिममा सहभागी हुन चाहने स्थानीय बासिन्दाले सूचना प्रकासित भएको एक हप्ताभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ।