काठमाडौं। नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षा अभिवृद्धिका लागि मुलुकभर क्षेत्रीय उडान सुरक्षा निरीक्षण गर्ने भएको छ। प्राधिकरणका अनुसारमुलुकमा रहेका प्रत्यक विमानस्थलमा देखिएको प्राविधिक, भौतिक समस्या समाधान गर्ने उदेश्यले निरीक्षण गर्न लागिएको हो।
प्राधिकरको प्रमुख कार्यालयबाट स्वीकृति पाए लगत्तै निरीक्षणको काम अगाडि बढाउने तयारी रहेको बताइएको छ।
उक्त विषयमा सोमबार छलफल भएको छ। मंगलबार पारित भएलगत्तै निरीक्षण सुरु हुनेछ। उड्डयन सँग जोडिएका सबै निकाय अन्तर्गतका पदाधिकारी सहित निरीक्षण गरिने प्राधिकरणका एक कर्मचारीले बताए।
प्राधिकरणका अनुसार क्षेत्रीय रुपमा गर्न लागिएको निरीक्षण नेपालगञ्जबाट सुरु गर्ने योजना रहेको छ। स्थानीय रुपमा उडान सुरक्षा अभिवृद्धिका लागि हाल भएका समस्याको निराकरण गर्ने उद्धेश्यले निरीक्षण गर्न लागिएको हो।
विमानस्थल संचालनसँग जोडिएका वायुसेवा कम्पनी, धावनमार्ग, वन्यजन्तु लगायत विभिन्न क्षेत्रको अध्ययन निरीक्षण गरिने प्राधिकरणले जानकारी दिएको छ।