इलाम। रोङ गाउँपालिका–३ को शान्तिनिकेतन माध्यमिक विद्यालयको निर्माणाधीन पर्खाल भत्काएको छ । निर्माण कार्यमा गुणस्तर नभएको भन्दै गाउँपालिकाले डोजरको लगाएर पर्खाल भत्काएको हो।
सयाहांग निर्माण सेवा इलामले निर्माण गर्दै आएको कार्यमा मापदण्डभन्दा बढी ढुंगा प्रयोग गरेको पाइएपछि संरचना भत्काएको गाउँपालिका प्राविधिक शाखाले जनाएको छ । निर्माण कम्पनीले गुणस्तरहीन निर्माणको काम गरेको, कार्यालयको निर्देशन पालाना नगरेको, ब्याकफिलिङ्ग गर्दा बाहिरी वाल ढल्केको र फुटेको पाइएपछि भत्काएको पालिकाले जनाएको छ।