फाइल तस्बिर
कैलाली। कैलालीको लम्की नगरपालिकामा निर्माणाधीन मोहनलाल नगर उद्यान अलपत्र परेको छ । नगरपालिकाको वडा नंं २ र ५ स्थित मोहनलाल सामुदायिक वनमा निर्माणाधीन अवस्थामा रहेको उद्यान अलपत्र परेको हो।
नगरपालिकाले २०७५ तिर नगर उद्यान निर्माण थालेको थियो । नगरकै गौरवको योजनाका रुपमा लिइएको उद्यान संघीय सरकारको ७० र नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा निर्माण प्रक्रिया अघि बढाइएको थियो। उद्यानको लागत अनुमान ९४ करोड रुपैयाँ गरिएको थियो ।
वातावरणीय प्रभाव मूल्या्कन नै नगरी नगरपालिकाले सामुदायिक वनको सुरक्षा तथा उद्यान निर्माणका लागि भन्दै सामुदायिक वनको ६ किलोमिटरसम्म पर्खालले घेरबार र ४ वटा गेट निर्माण गरेको छ । जसका लागि नगरपालिकाले हालसम्म २ करोड ५२ लाख खर्च गरेको छ । तर सो पर्खाल ठाउँ–ठाउँमा चर्किएको छ भने तारजाली र फलामे डण्डीमा खिया लाग्न थालेको छ।
कानुनी प्रक्रिया पूरा नगरी काम थालेपछि वनले सो कार्य अघि बढाउन नदिँदा योजना अलपत्र परेको छ भने हालसम्म गरिएको लगानी बालुवामा पानी झैँ भएको हो ।