फुङ्लिङ। ताप्लेजुङको दोभानदेखि सान्थाक्रासम्मको सडक कालोपत्र हुने भएको छ । दोभानदेखि मेरिङ्देन गाउँपालिकाको केन्द्र रहेको सान्थाक्रा जोड्ने सडक कालोपत्र हुने भएको हो ।
मेरिङ्देन गाउँपालिकाको पहल तथा समन्वयमा ९ किलोमिटिर सडक कालोपत्र गर्न लागिएको गाउँपालिकाले जनाएको छ । सडक कालोपत्र योजनाका लागि निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइसकेको गाउँपालिकाले जनाएको छ।
चालु आर्थिक वर्षभित्रै बजेट कार्यान्वयन गर्ने गरी गाउँपालिका र निर्माण कम्पनीबीच ३ करोड ३७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।
चालू आवको बजेटले सडकमा नाली र ग्राभेल लगायतको काम गरिने गाउँपालिकाले जनाएको छ। आगामी आवभित्र सडक कालोपत्र गरिसक्ने गाउँपालिकाको योजना रहेको छ ।