बाँके। नेपालगञ्ज–गुलरिया हुलाकी सडक विस्तारको काम ५७ प्रतिशत भएको छ। निर्माण सुरु भएको एक वर्षमा यो सडक विस्तारको काममा यति प्रगति भएको हो ।
एक वर्षको अवधिमा आधाभन्दा बढी काम सम्पन्न भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जले जनाएको छ। काम गरेअनुसारको भुक्तानी समयमै दिन सकेमा निर्धारित समयभन्दा एक वर्ष पहिले नै सम्पन्न हुने बताइएको छ। निर्माण कम्पनीले तोकिएको समयभन्दा अगाडि नै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
यो सडक विस्तारको काम २०७९ माघ १५ गतेबाट सुरु गरिएको थियो । ११.६० किलोमिटर ४ लेन र १६.२ किलोमिटर २ लेनगरी २७.६२ किलोमिटर लामो सडक विस्तार २०८२ मङ्सिर २७ गतेभित्र सम्पन्न गरिसक्ने लक्ष्य छ ।
निर्माण कम्पनीले मूल्य अभिवृद्धि करबाहेक २ अर्ब ७८ करोड २९ लाखमा नेपालगञ्ज–गुलरिया सडक विस्तार निर्माणको जिम्मा पाएको हो ।