जनकपुरधाम। धनुषाको सबैला नगरपालिका–४ र सिरहाको कल्याणपुर नगरपालिका–५ जोड्न कमला नदीमा पक्की पुल निर्माण हुने भएको छ। उक्त नदीमा ६ सय मिटर लामो पक्की पुल निर्माण हुने भएको हो।
उक्त पुलको गत शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गरेका छन्। पुलको शिलन्यास गरेसँगै स्थानीयहरु वर्षौपछिको समस्या समाधान हुने भन्दै खुसीयाली व्यक्त गरेका हुन् ।