काठमाडौं। सडक बोर्ड नेपालले ६ वटा निर्माण व्यवसायीलाई पैसा तिर्न ३५ दिने सूचना जारी गरेको छ। बोर्डले निर्माण व्यवसायीले तिर्नुपर्ने दस्तुर, मासिक किस्ता, हर्जना र मूल्य अभिवृद्धि कर बुझाउन ३५ दिने अल्टिमेटम दिएको हो।
व्रिटानिका मौलाकालिका कन्स्ट्रक्सन एण्ड सप्लायर्सको ३ करोड ३६ लाख ३६ हजार, बाबुल निर्माण सेवाको ३ लाख ८० हजार, महादेव खिम्ति निर्माण सेवाको १८ लाख १७ हजार, रविना कन्स्ट्रक्सन कम्पनीको २७ लाख ३३ हजार, एमएम कन्स्ट्रक्सन कम्पनीको २ करोड ८ लाख १४ हजार र तुंदी कन्स्ट्रक्सन कम्पनीको ६४ लाख ३८ हजार बोर्डलाई बुझाउनु पर्ने छ।
६ वटै निर्माण व्यवसायीहरूले बोर्डलाई ६ करोड ५८ लाख २० हजार रुपैयाँ बुझाउनुपर्ने छ। कम्पनीहरुले उक्त रकम नबुझाउँदा लेखापरीक्षणको क्रममा बेरुजु समेत कायम भएको बोर्डले जनाएको छ। बोर्डले उक्त निर्माण कम्पनीहरूलाई ३५ दिनभित्र रकम बुझाउन निर्देशन दिँदै सूचना जारी गरेको हो।