काठमाडौं। बोइङलाई विमानमा देखिएको समस्या सुधार्ने योजना बनाउन ९० दिनको समय दिइएको छ।
अमेरिकाको संघीय वायुसेवा नियामक निकायले बोइङलाई विमानको गुणस्तरमा देखिएको समस्या समाधान गर्ने योजना सहित नयाँ विमानमा सेफ्टी स्ट्याण्डर्डको पूर्ण पालना हुने गरि प्रस्ताव ल्याउन समय दिएको हो।
नयाँ उत्पादन हुने विमानको सुरक्षालाई ध्यान दिने विषय विभागले महत्वको साथ उठाएको छ।
गत जनवरीमा उड्दै गरेको बोइङको ७३७ म्याक्सको विमानको सिसा फुटेको थियो। अनुसन्धानका क्रममा अलस्का एयरबाट संचालन भइरहेको सो बोइङको बोल्ट राम्ररी नकसिएको फेला परेको थियो। पछि अन्य ७३७ म्याक्स विमानलाई ग्राउन्डेड गरेर अनुसन्धान गर्दा बोल्ट मै समस्या देखिएको थियो।
नियामक निकायको मुख्यालयमा बोइङका वरिष्ठ प्रतिनिधिहरुलाई बोलाएर यस्तो निर्देशन दिइएको छ।