काठमाडौं। उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौं–तराई मधेस द्रुतमार्ग विसं २०८३ चैत मसान्तभित्र निर्माण पूरा हुने बताएका छन्। राष्ट्रियसभाको बैठकमा समय लिएर बोल्दै खड्काले काठमाडौं–तराई मधेस द्रुतमार्ग आयोजना निर्माण समयभित्रै पूरा हुने बताएका हुन्।
उपप्रधानमन्त्री खड्काले आयोजना जुन गतिका साथ अगाडि बढ्नुपर्ने थियो त्यसो हुन नसकेको स्वीकार गर्दै लागत नबढ्ने गरी प्रक्रिया अगाडि बढाइएको स्पष्ट पारे । उक्त मार्गको खोकनामा देखिएको समस्या समाधानका लागि आवश्यक अध्ययन भइरहेको समेत उनले जानकारी दिए।
प्रक्रिया पु¥याउने सन्दर्भमा केही ढिलाइ हुँदा जाजरकोट भूकम्पपीडितले पुनःनिर्माणबापतको रकम पाउन केही समय लागेको उपप्रधानमन्त्री खड्काले उल्लेख गरे ।