बाँके। नेपालगञ्ज–गुलरिया हुलाकी सडक विस्तारको काम आधाभन्दा बढी सकिएको छ। निर्माण सुरु भएको एक वर्षमा नेपालगञ्ज–गुलरिया सडकको काम ५७ प्रतिशत पूरा भएको हो।
काम गरेअनुसारको भुक्तानी समयमै दिन सकेमा निर्धारित समयभन्दा एक वर्ष पहिले नै काम सम्पन्न हुने निर्माण कम्पनीले बताएको छ।
यो सडक विस्तारको काम २०७९ माघ १५ गतेबाट सुरु गरिएको थियो । ११.६० किलोमिटर ४ लेन र १६.२ किलोमिटर २ लेनगरी २७.६२ किलोमिटर लामो सडक विस्तार २०८२ मङ्सिर २७ गतेभित्र सम्पन्न गरिसक्ने लक्ष्य छ ।
निर्माण कम्पनीले मूल्य अभिवृद्धि करबाहेक २ अर्ब ७८ करोड २९ लाखमा नेपालगञ्ज–गुलरिया सडक विस्तार निर्माणको जिम्मा पाएको हो ।