बाजुरा। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिका जोड्ने बेर्मा–बालुवा झोलुङ्गे पुल निर्माणका लागि अर्थ मन्त्रालयबाट तीन करोड बजेट स्वीकृत गरेको छ । बेर्मा–बालुवा जोडने तीन सय मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि बजेट स्वीकृत भएको हो । सो पुल निर्माणका लागि अर्थ मन्त्रालयबाट तीन करोड बजेट व्यवावस्थापन भएको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत रोकायाले बताए ।
२०७९ असोज १९ गते आएको अबिरल वर्षाका कारण कर्णालीमा रहेको बेर्मा– बालुवा जोड्ने पुल बगाएको थियो । बेर्मा–बालुवा पुल बगाउँदा स्वामिकार्तिक १, २ र जगन्नाथ गाउँपालिकाका नागरिकलाई आवतजावतमा समस्या भएको स्थानीय दिलबहादुर धामीले बताए । बेर्मा–बालुवा जोड्ने सो पुल निर्माण हुने भएपछि त्याँहाका स्थानीयले खुसी व्यक्त गरेका छन् । कर्णाली नदीले झोलुंगे पुल बगाउँदा स्वामीकार्तिक खापर गाउँपालिका १ र २ साप्पाटा गाउँ नै बजारबाट बिच्छेद भएको थियो ।
स्वामिकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिका जोड्ने कर्णाली नदिमा रहेको सो झोलुंगे पुल बगाएपपछि साप्पाटाका एक हजार घरपविार बजारको पहुँच भन्दा टाढा रहेको गाउँपालिका अध्यक्ष भरत रोकायाले बताएका छन् । साप्पाटाबाट जगन्नाथ गाउँपालिकाको बेर्मा बजार आउने झोलुङ्गे पुल कर्णाली नदीले बगाएपछि स्थानीय बजारको पहुँचसँगै आवतजावतमा समस्या भएको स्थानीयले बताएका छन् । कारोबार दैनिकबाट