मनाङ। मनाङको ङिस्याङ गाउँपालिका–१ ढुकुरपोखरीमा हिमपहिरो गएको छ। ढुकुरपोखरीमा आइतबार भएको भारी हिमपातका कारण गएको पहिरोले सडक समेत अवरुद्ध बनेको छ।
सडक अवरुद्ध हुँदा माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा गर्न जोखिम बढेको छ । सडक अवरुद्ध हुँदा दैनिकरूपमा यहाँका पर्यटकीय क्षेत्र अवलोकन भ्रमणमा आउने पर्यटक समयस्मा परेका छन् भने आइतबारदेखि नयाँ आउन लागेका पर्यटक समेत रोकिएका छन्।
किसानलाई हिमपात उपयुक्त भए पनि यससँगै आएको विपद्ले भने सकस बनाएको स्थानीय बताउँछन्। यस क्षेत्रमा आएको हिमपहिराले नदीनालाको पानीको बहावलाई नरोकिएको र बाटो बन्द भने भएको छैन ।
यस क्षेत्रमार्फत यात्रा गर्ने स्थानीय तथा पर्यटकलाई सचेतता अपनाउन आग्रह गरिएको छ। हिमपातले अन्य क्षेत्रमा पनि हिमपहिरो जान सक्ने भएकाले सचेत रहन समेत अनुरोध गरिएको छ।